काठमाडौं । सभामुख देवराज घिमिरेले पत्रकारहरुमाथि दिएको अभिव्यक्तिको विषयमा सांसदमा प्रश्न उठेको छ ।
पत्रकारहरु बिक्रीमा छन् भन्ने सभामुखको अभिव्यक्तिमा नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले प्रश्न उठाएका हुन् ।
प्रतिनिधि सभाको आइतबारको बैठकको शून्य समयमा बोल्दै उनले प्रश्न गरे, ‘सभामुखले पत्रकार बिक्रीमा छन् भन्ने अभिव्यक्ति दिँदा प्रेस स्वतन्त्रताप्रति ख्याल गरेको छ कि छैन ?’
सभामुख घिमिरेले चैत ३ गते नेपाल पत्रकार महासंघका प्रतिनिधिहरुसँगको भेटमा क्रममा पत्रकारहरु बिक्रीमा रहेको भनी गम्भीर आरोप लगाएका थिए।
प्रतिक्रिया!