प्रधानमन्त्री प्रचण्डले भने – सबै सांसदबाट विश्वासको मत पाउने आशा छ



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले शतप्रतिशत सांसदहरुको विश्वासको मत पाउने आशा राखेको बताएका छन् ।

प्रतिनिधिसभा बैठकबाट बाहिरिने क्रममा प्रधानमन्त्री प्रचण्डले भोलि दिउँसो १ बजे सबै सांसदहरुको विश्वासको मत प्राप्त गर्ने आशा राखेको बताएका हुन् ।



प्रधानमन्त्री प्रचण्डले भने, ‘मैले त आशाको कुरा गर्दा त पहिला विश्वासको मत लिँदा ९९.२५ थियो । भोलि सय नै हुन्छ भन्ने आशा छ ।’



प्रधानमन्त्री प्रचण्डले पहिले ९९.२५ प्रतिशत सांसदहरुको विश्वासको मत पाएको उल्लेख गर्दै सोमबार सय प्रतिशत पुग्ने आशा व्यक्त गरे । प्रधानमन्त्री प्रचण्डले सोमबार प्रतिनिधि सभा बैठकमा विश्वासको मत लिने कार्यसूची छ ।

उनलाई हालसम्म नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी र लोसपाले विश्वासको मत दिने औपचारिक निर्णय गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज