पत्रकारबारे सभामुखको टिप्पणी आलोच्य छ, आत्मालोचना गर्नुपर्छ : महामन्त्री शर्मा



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सभामुख देवराज घिमिरेले पत्रकारहरूमाथि गरेको टिप्पणीप्रति आत्मालोचना गर्नुपर्ने बताएका छन् ।

आइतबार प्रतिनिधि सभा बैठकपछि बाहिरिने क्रममा बोल्दै महामन्त्री शर्माले उक्त टिप्पणीप्रति आफूहरूको विमति रहेको बताए ।



उनले राज्यको चौथो अंगको रुपमा रहेको पत्रकारिता क्षेत्र देशमा लोकतान्त्रिक रुपान्तरणका लागि आफैँ संलग्न भएको भन्दै त्यस क्षेत्रप्रतिको टिप्पणी आलोच्य भएको बताए ।



सभामुखले पत्रकारहरूका विषयमा गरेको टिप्पणी समाजको सामुन्ने गम्भीर ‘नोटिस’ मा रहेको उनको जिकिर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज