नक्कली नोटसहित कपिलवस्तुबाट दुई भारतीय पक्राउ



कपिलवस्तु । प्रहरीले नेपाली नक्कली रुपैयाँसहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको सिद्धार्थनगर थाना सोहरतगढ ग्राम अतरी बस्ने ३२ वर्षीय फैसल अहमद र सोही स्थानका ४२ वर्षीय बिनोद यादव रहेका छन् ।



प्रहरी चौकी मर्यादपुर कपिलवस्तुबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।



पक्राउ परेका उनीहरुको साथबाट प्रहरीले १ हजार दरका १३ वटा नक्कली नोट बरामद गरेको छ ।

उनीहरुमाथि थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय कविलवस्तुले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज