घरेलु मैदानमा अष्ट्रेलियासंग भारतको लज्जास्पद हार



काठमाडौं । अष्ट्रेलियाले भारतविरूद्धको दोस्रो एक दिवसीयमा १० विकेटको कीर्तिमानी जीत हात पारेको छ ।

अस्ट्रेलियाविरूद्धको एकदिवसीय खेलमा घरेलु टिम भारत ११७ रनमै अलआउट भएको हो । टस हारेर पहिले ब्याटिङ गरेको भारत २६ ओभरमा ११७ रन बनाएर अलआउट भएको थियो ।



अष्ट्रेलियाको धारिलो बलिङमा भारतीय ब्याट्सम्यानहरुले सहजै आत्मसमर्पण गरे । अष्ट्रेलियाका मिचेल स्टार्कले आठ ओभरमा ५३ रन खर्चेर पाँच विकेट लिएका थिए ।



भारतका लागि सर्वाधिक रन विराट कोहलीले बनाए । ३५ बलमा ३१ रन बनाएका कोहलीलाई नाथन एलिसले एलबीडब्लू धरापमा पारेपछि भारतीय ब्याटिङ धराशायी बनेको थियो ।

आठौं नम्बरमा आएका अक्षर पटेल २९ बलमा २९ नै रन बनाएर अविजित रहे । अन्य ब्याट्सम्यानले उल्लेख्य रन बनाउन सकेनन् । ११८ रनको झिनो लक्ष्य अष्ट्रेलियाका दुई ओपनरहरुका लागि ख्यालठट्टा बन्यो । उनीहरुले चौका र छक्काको वर्षा गर्दै ३९ ओभरको खेल बाँकी छँदै लक्ष्य भेट्टाए ।

मिचल मार्स ३६ बलमा ६६ र ट्राभिस हेड ३० बलमा ५१ रन बनाएर नटआउट रहे । मार्सले ६ छक्का र ६ चौका प्रहार गरेका थिए भने हेडले १० चौका हिर्काएका थिए । बाँकी बलको हिसाबले आज भारतले इतिहासमै सबैभन्दा फराकिलो हार व्यहोरेको हो । यसअघि न्यूजिल्यान्डले भारतलाई २१२ बल बाँकी छँदै हराएकोमा आज २३४ बल बाँकी थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज