मोरङ । जिल्ला कारागार मोरङका चौकीदार अभिषेक गिरी थुनामुक्त भएका छन् । कारागार व्यवस्थापन विभागको फैसला बमोजिम गिरी कारागारमुक्त भएका हुन् ।
कारागारका नाइके र चौकीदार भएर काम गरेको बापतको प्राप्त सुविधाअनुसार उनी ४ महिनाअघि नै थुनामुक्त भएका हुन् ।
कैदीबन्दीको कामदारी सुविधासम्बन्धी कार्यविधिअनुसार कैद सजाय कटौतिमा भएपछि उनलाई आइतबार थुनामुक्त गरिएको मोरङ कारागारका जेलर ध्रुवप्रसाद कोइरालाले बताए ।
कारागार ऐनमा चौकीदार र नाइके भइसकेका व्यक्तिलाई उसको असल आचरणको आधारमा सजायमा केही छुट दिने व्यवस्था छ। सोही व्यवस्थाअनुसार गिरीलाई आइतबार रिहा गरिएको जनाइएको छ ।
युवती प्रयोग गरेर काठमाडौं उपत्यका खानेपानी लिमिटेडका लेखा सहायक अच्युतप्रसाद रेग्मीलाई बन्धक बनाएर २०७० सालमा फिरौती मागेको घटनामा दोषी ठहर भएका थिए ।
प्रतिक्रिया!