प्रधानमन्त्री प्रचण्डको चीन भ्रमण स्थगित



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को चीन भ्रमण स्थगित भएको छ । चीनको हेनान प्रान्तमा मार्च २८ देखि ३१ सम्म बोआओ फोरमको सम्मेलन हुँदैछ ।

सोही फोरमलाई सम्बोधन गर्न प्रधानमन्त्री प्रचण्ड त्यहाँ जनो कार्यक्रम तय भएको थियो । तर आन्तरिक राजनीतिक स्थायित्व पाइनसकेकाले आफू तत्काल चीन जान नसक्ने उनले चिनियाँ दूतावासमार्फत् बेइजिङलाई सो सन्देश पठाएका हुन् ।



नेपालस्थित चिनियाँ दूतावासले फागुन ८ गते (फेब्रुअरी २०) प्रधानमन्त्रीलाई पत्र पठाई बोआओ फोरममा सहभागी हुन औपचारिक निमन्त्रणा गरेको थियो ।



बोओओ फोरममा सहभागी हुने जवाफ दिएका प्रधानमन्त्री दाहालले एक्कासी चीन भ्रमण रद्द गर्नुलाई अर्थपूर्णरूपमा हेरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज