चिनियाँ राष्ट्रपति सी जिनपिङ रुसको राजधानी मस्कोमा



काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङ औपचारिक भ्रमणका लागि रुस पुगेका छन् ।

तीन दिने भ्रमणका लागि राष्ट्रपति सी आज दिउँसो रुसको राजधानी मस्को पुगेका हुन् ।



गएको वर्ष रुसले युक्रेनमाथि आक्रमण गरेपछि सी पहिलो पटक रुस पुगेका हुन् । उनले रुसी समकक्षी भ्लादिमिर पुटिनसँग युक्रेन युद्धलगायत विषयमा वार्ता गर्ने बताइएको छ ।



रणनीतिक साझेदारीमा विस्तृत सम्झौता र युद्ध अन्त्यका लागि प्रस्ताव लिएर सी मस्को गएको चिनियाँ अधिकारीहरूले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज