तीन महिनापछि भेटियो मर्स्याङ्दीमा खसेका सशस्त्र जवानको शव



लमजुङ । मर्स्याङ्दी नदीमा खसेर हराइरहेका सशस्त्र प्रहरी जवान अनन्त महत तीन महिनापछि मृत भेटिएका छन् ।

गत पुस १५ गते भक्तपुरबाट सरुवा भई पत्र लिएर मनाङ जाँदै गर्दा पिसाव फेर्ने क्रममा भीरबाट लडेर मर्स्याङ्दीमा खस्दा ३२ वर्षीय महत मर्स्याङ्दीमा खसेका थिए ।



राइनास नगरपालिका ६, धमिलीकुवाछेउ मर्स्याङ्दी नदीमा आइतबार उनको शव तीन महिनापछि भेटिएको हो । जिल्ला प्रहरी कार्यालय लमजुङका अनुसार आइतबार अपराह्नतिर शव फेला परेपछि बेंसीसहरस्थित लमजुङ अस्पताल ल्याइएको थियो ।



उनको शव परिवारले सोमबार सनाखत गरेको बताइएको छ । मृतकको शवलाई पोष्टमार्टमका लागि अस्पतालमा राखिएको छ । लमजुङको मर्स्याङ्दी गाउँपालिका ४, काप्रेभीरबाट मर्स्याङ्दीमा खसेपछि नै महत हराइरहेका थिए ।

बेंसीसहरदेखि मनाङतर्फ जाँदै गरेको ग १ ज ७३३५ नम्बरको जिपमा सवार उनी पिसाव फेर्न बाहिर निस्किएर सडक छेउमा गएका थिए । उनी रामेछापको लिखु तामाकोसी गाउँपालिका–४, बिजुली कोटका बासिन्दा हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज