पारस खड्का आबद्ध टोलीले जित्यो लिजेन्ड्स लिगको उपाधि



काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्का सम्मिलित एसिया लायन्सले लेजेन्ड क्रिकेट लिगको उपाधि जितेको छ।

कतारको दोहामा गएराति भएको फाइनल खेलमा वर्ल्ड जायन्टसलाई ७ विकेटले हराउँदै एसिया लायन्स च्याम्पियन बनेको हो । जितका लागि १ सय ४८ रनको विजयी लक्ष्य पछ्याएको एसियाले १६ ओभर १ बलमा ३ विकेट गुमाउँदै भेट्टायो ।



एसियाका तिलकरत्ने दिलशानले सर्वाधिक ५८ रन बनाए । त्यस्तै उपुल थरङ्गा ५७ रनमा आउट भए । जायन्ट्सका ब्रेट ली, स्मित पटेल र मोन्टी पनेसारले एकरएक विकेट लिए । त्यसअघि दोहामा टस जितेर पहिला ब्याटिङ गरेको जायन्ट्सले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ४७ रन बनाएको थियो ।



उसका अलराउन्डर ज्याक्स कालिस ७६ रनमा अविजित रहे । एसियाका अब्दुर रजाकले २ विकेट तथा थिसेरा परेराले एक विकेट लिए । लिगमा एसिया लायन्स, वर्ल्ड जायन्ट्स र इन्डिया महाराज गरी तीन टोली रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज