करण केसीसहित ३ क्रिकेटरलाई भूपू खेलाडीको सम्मान



पोखरा । भूतपूर्व खेलाडी मञ्च पोखराले क्रिकेटर करण केसीसहित तीन जनालाई मंगलबार पोखरामा नगदसहित सम्मान गरेको छ ।

मञ्चले गण्डकी प्रदेशको प्रतिनिधित्व गर्दै नेपाललाई विश्वकप छनोटमा पुर्‍याउन महत्वपूर्ण योगदान गरेका बागलुङका करण केसीसँगै यु-१९ विश्वकपमा छनोटमा पुर्‍याउने टोलीका सदस्यत्रय कास्कीका सुवास भण्डारी, अर्जुन कुमाल र नवलपुरका दीपक डुम्रेलाई सम्मान गरेको हो ।



डुम्रे भने व्यस्तताका कारण्ण कार्यक्रममा सहभागी थिएनन् ।आईसीसी विश्वकप लिग २ का खेलमा केसीले कुल ५० विकेट लिंदै सानदार प्रर्दशन गरेका थिए । उनलाई मञ्चले २० हजार रुपैयाँसहित सम्मान गरेको हो ।



त्यस्तै सन् २०२४ मा श्रीलंकामा हुने विश्वकपमा छनोट भएका यु-१९ का ३ जना खेलाडीलाई मञ्चले जनही ५ हजारका दरले नगदसहित सम्मान गरेको हो ।

सोही अवसरमा पोखरा क्रिकेट एक्याडेमीले पनि खेलाडीलाई सम्मान गरेको थियो । एक्याडेमीले ४ जना खेलाडीलाई जनही ५ हजार रुपैयाँका दरले सम्मान गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज