डाइभर्सन भासिएपछि महेन्द्र राजमार्ग १२ घण्टादेखि अवरुद्ध



नवलपरासी । महेन्द्र राजमार्गको ४० किलोमिटर भन्ने स्थानमा १२ घण्टादेखि राजमार्ग अवरुद्ध भएको छ ।

महेन्द्र राजमार्ग फराकिलो पार्ने क्रममा निर्माण गरिएको डाइभर्सन भास्सिएका कारण गएराति साढे १० बजेबाट राजमार्ग अवरुद्ध भएको हो ।



महेन्द्र राजमार्ग हुँदै पूर्वपश्चिम हिँडेका सवारी साधन चोरमारा र डन्डामा अलपत्र परेका छन् ।



महेन्द्रराजमार्गको चोरमारा र कावासोतीको बिचमा पर्ने ४० किलोमिटर भन्ने स्थानमा राजमार्ग बिग्रिएको हो ।

सडक बनाएर राजमार्ग सुरु गर्न हिलैहिलो भएका कारण नसकिएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।

चोरमारा प्रहरी चौकीका अनुसार बिग्रिएको ठाउँमा ग्राइभेल हाल्न जामका कारण सकिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज