फ्रान्सेली फुटबल टिमको नयाँ कप्तानमा एम्बाप्पे



एजेन्सी । फ्रेन्च फरवार्ड किलियान एम्बाप्पे फ्रान्सको राष्ट्रिय फुटबल टोलीको कप्तानमा नियुक्ति भएका छन् ।

टोटनह्यामका गोलकिपर ह्युगो लोरिसले कप्तानीबाट अवकाश लिएसँगै एम्बाप्पे नयाँ जिम्मेवारी लिन तयार भएका हुन् ।



पीएसजीका फरवार्ड एम्बाप्पेले नयाँ जिम्मेवारी स्वीकार गर्न तयार भएको फ्रान्सेली सरकारी च्यानल फ्रान्स २४ ले उल्लेख गरेको छ ।



फ्रान्सको राष्ट्रिय टोलीको जर्सी लाएर ६६ खेल खेलेका एम्बाप्पेले कप्तानको रूपमा पहिलो खेल युरोकप २०२४ को छनौट खेलको लागी नेदरल्याण्डसँग हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज