राष्ट्रिय क्रिकेट टिमका कप्तान पौडेल ५१ हजार रुपैयाँसहित सम्मानित



नवलपरासी । बर्दघाट नगरपालिकाले नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेललाई सम्मान गरेको छ ।

विश्वकप क्वालिफायर खेलका लागि ऐतिहासिक जित हासिल गर्दै नेपाललाई विश्वसामु चिनाउन योगदान गरेको भन्दै पौडेललाई नगद ५१ हजार रुपैयाँसहित सम्मान पत्र प्रदान गरीएको हो ।



पौडेल नेतृत्वमा रहेको टोलीले नेपाल र नेपाली क्रिकेटलाई विश्वसामु चिनाउन सफल भएको खुसीयालीमा सम्मान गरिएको बर्दघाट नगरपालिकाले जनाएको छ ।



पौडेल बर्दघाट नगरपालिका वडा नम्बर–१४ बुद्ध बस्तिका स्थायी बासिन्दा हुन् ।

सोमबार गृहजिल्ला आएका पौडेललाई क्रिकेट संघ, खेलकुद विकास समिति, जेसिज, रोटरी, क्षेत्री समाजलगायत विभिन्न संघ सस्थाले सम्मान गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज