गोरखा पुगेर प्रधानमन्त्री प्रचण्डले गरे पन्थहिटी–टहरे–हर्मी–साहिलटार सडकको शिलान्यास



गोरखा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गोरखा पुगेर सडकको शिलान्यास गरेका छन् ।

उनले गोरखास्थित पालुङटार नगरपालिकाको बिमिरेमा पन्थहिटी–कटहरे–हर्मी–साहिलीटार सडक स्तरोन्नति योजनाको शिलान्यास गरेका हुन्।



शिलान्यास कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री प्रचण्डसँगै पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई र उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ पनि पुगेका छन्।



भारतीय एक्जिम बैंकसँगको विकास साझेदारीमा निर्माण हुने योजनाको लागत ८० करोड रुपैयाँ छ। वूड हिल(लामा जेभी, महाराजगन्जले ३० महिनामा सक्ने गरी ठेक्का पाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज