नेपालले पनि भारत र रणजी ट्रफीमा खेल्न सक्छ : मोन्टी देसाई



काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक मोन्टी देसाईले नेपाली क्रिकेट टिमले भारत र रणजी ट्रफीमा खेल्न पाउनुपर्ने बताएका छन् ।

प्रशिक्षक देसाईले आयरल्यान्ड र स्कटल्यान्डका क्रिकेटरले इंग्ल्यान्डमा खेल्ने गरेको उदारहण प्रस्तुत गर्दै नेपालले पनि भारत र रणजी ट्रफीमा खेल्न पाउनुपर्ने बताएका हुन् ।



प्रशिक्षक देसाईले अन्तर्राष्ट्रिय क्रिकेट परिषद्आ(ईसीसी) र भारतीय क्रिकेट कन्ट्रोल बोर्ड(बीसीसीआई)सँग नेपाली टिमलाई भारतमा खेल्ने वातावरण मिलाउन आग्रह गरेको बताए ।



प्रशिक्षक देसाईले आफूले आईसीसी र बीसीसीआईका सचिवसमेत रहेका एसियाली क्रिकेट परिषद्का अध्यक्ष जय शाहसँग त्यसबारेमा कुराकानी गरेको बताए ।

गएको माघ २३ गते देसाई औपचारिक रूपमा नेपाली टिमको मुख्य प्रशिक्षकमा नियुक्त भएका थिए । देसाईको प्रशिक्षणमा नेपाली टिम घरेलु मैदानमा पछिल्ला आठ खेलयता अपराजित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज