क्रिकेटर ललित राजवंशी र दिपेश कँडेल विराटनगरमा सम्मानित



विराटनगर। नेपाली राष्ट्रिय टोलीका क्रिकेटर ललित राजवंशी र दिपेश कँडेल सम्मानित भएका छन् ।

नेपाल खेलकुद महासंघ मोरङले सिनियर टोलीका खेलाडी राजवंशी र यु-१९ राष्ट्रिय टोलीका सदस्य कँडेललाई नगद २५ हजार रुपैयाँसहित सम्मान गरेको हो ।



महासंघका केन्द्रीय अध्यक्ष पर्शुराम बस्नेतले सम्मानपत्र प्रदान गरे । राजवंशी र कँडेल दुवै विराटनगर निवासी हुन् ।



राजवंशीले नेपाललाई विश्वकप छनोटमा पुर्‍याउन महत्त्वपूर्ण योगदान गरेका थिए ।

त्यस्तै, कँडेलले ह्याट्रिकसहित पाँच विकेट लिएपछि नेपाल ८ वर्षपछि यू–१९ विश्वकपमा प्रवेश गर्न सफल भएको छ ।

ललित र दिपेशलाई विराटनगर महानगरपालिका र कोशी प्रदेश सरकारले पनि सम्मान गर्ने निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज