सामाजिक लोकतन्त्र अध्ययन केन्द्रले दियो राष्ट्रपति पौडेललाई बधाई



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललाई सामाजिक लोकतन्त्र अध्ययन केन्द्र काठमाडौंले राष्ट्रपति पदमा निर्वाचित भएकोमा बधाई दिएको छ ।

राष्ट्रपति भवन शीतलनिवासमा मंगलबार आयोजित कार्यक्रममा केन्द्रका अध्यक्ष मधु आचार्य र महासचिव डा. परमेश्वर पोखरेलद्धारा हस्ताक्षरित सम्मानपत्र अध्यक्ष आचार्यले राष्ट्रपति पौडेललाई प्रदान गरेका हुन् ।



कार्यक्रममा राष्ट्रपति पौडेलले मुलुकमा आएको राजनीतिक परिवर्तनको आभास विपन्न नागरिकले महसुस गर्ने गरी धेरै काम गर्न बाँकी रहेको बताएका छन् ।



उनले ग्रामीण क्षेत्रका गरिब र निमुखा जनताको हितमा काम गर्नुपर्ने तथा निमुखालाई न्याय र विपन्नलाई आयको वातावरण मिलाउनुपर्नेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज