सरकारमा जान एकीकृत समाजवादीले बनायो कार्यदल



काठमाडौं । नेकपा एकीकृत समाजवादीले सरकारमा सहभागी हुने विषयमा औपचारिकरूपमा छलफल थालेको छ ।

मंगलबार बसेको केन्द्रीय सचिवालय बैठकले सरकारमा सहभागी हुने विषयमा औपचारिकरूपमा छलफल गर्न कार्यदल बनाएको हो ।



कार्यदलमा अध्यक्ष माधवकुमार नेपाल, उपाध्यक्ष प्रमेश हमाल र महासचिव घनश्याम भूसाल रहेका छन् । कुन नीति तथा कार्यक्रम र कुन हिस्सेदारीमा सरकारमा जाने भनेर छलफल भएको थियो ।



कार्यदलले गठबन्धनका अरु दलहरुसँग छलफल गर्नेदेखि आफ्नो दलको तर्फबाट को को सरकारमा जाने भनेर छलफल गर्ने छ ।

सचिवालय बैठकमा सरकारमा सहभागी हुनेबारे छलफल भएको सम्मानित नेता झलनाथ खनालले बताए । गठबन्धनमा भागबन्डा मिलेपछिमात्रै औपचारिकरूपमा सरकारमा जाने उनले बताए

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज