विकासलाई गति दिन वृहत्तर समन्वय बैठक राख्छु : प्रधानमन्त्री प्रचण्ड



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विकासलाई गति दिन वृहत्तर समन्वय बैठक राख्ने बताएका छन्।

मङ्गलवार गोरखा क्षेत्र नम्बर २ मा पर्ने पन्थ हिटी–कटहरे–हर्मी–साहिलटार सडक शिलान्यास गर्दै उनले विकासलाई गति दिन तीनै तहको सरकारबीच समन्वय बैठक गरिने बताएका हुन् ।



उनले भने, ‘संघ, प्रदेश र स्थानीय तहबीच समन्वय गर्न वृहत्तर बैठक छिट्टै आयोजना गर्दैछु, विकासलाई गति दिन गम्भीर छलफल हुन्छ।’



उनले जनतालाई सेवा दिएर विश्वास जित्ने संकल्प आफूले लिएको उनको भनाइ थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज