बानेश्वरको सार्वजनिक कार्यक्रममा प्रचण्डविरुद्ध नाराबाजी



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड  विरुद्ध बानेश्वरमा नाराबाजी भएको छ ।

मंगलबार प्रधानमन्त्री दाहाल ५८ औं अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मुलन सार्वजनिक समारोहमा जाँदै गर्दा केहि युवाले प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेका हुन् ।



कार्यक्रममा एक युवाले प्रधानमन्त्रीलाई आफ्ना कुरा राख्न नपाउदा उनले आतंककारी प्रचण्ड मुर्दावाद भन्दै विरोध गरेका थिए ।



त्यसबीचमा अर्का एकजना युवाले प्रहरीले मुख बन्द गर्न पाइँदैन भन्दै नारा लगाए ।

प्रहरीले उनीहरुलाई गाडीमा राख्दै गर्दा दुवैजना युवाले गरिबमारा प्रचण्ड मुर्दावाद, मूल्यवृद्धि खारेज गर्, नालायक सरकार होसियार, युवालाई मार्न पाइँदैन यस्तो सरकार चाहिँदैन भन्दै नाराबाजी गरेका थिए ।

उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएसँगै कार्यक्रम स्थलमा प्रधानमन्त्री दाहाल पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज