कोशी प्रदेशको सबैभन्दा ठूलो महेन्द्र मोरङ क्याम्पसमा नेविसंघका पौडेल विजयी



विराटनगर । महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा नेपाल विद्यार्थी संघका जशवन्त पौडेल विजयी भएका छन् ।

कोशी प्रदेशको सबैभन्दा ठूलो क्याम्पसमा उनले अखिल क्रान्तिकारीका रोहित यादव (विकास) पराजित गरेका हुन् ।



पौडेलले १ हजार ६ सय ८९ मत ल्याएर विजयी हुँदा उनका प्रतिद्वन्द्वी माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी)का यादवले ७ सय ८४ मत पाए ।



सचिवमा अनेरास्ववियुका सनिम ठकुरी र कोषाध्यक्षमा भने नेपाल विधार्थी संघका स्वस्तिक बोहरा निर्वाचित भएका छ ।

चुनावका लागि नेविसंघ, अनेरास्ववियू र अखिल (क्रान्तिकारी)ले प्यानल उम्मेदवार दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज