सञ्चारमन्त्री शर्मा भारत प्रस्थान | Online Nepal



काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा भारत प्रस्थान गरेकी छन् ।

मन्त्री शर्मा  नयाँ दिल्लीमा हुने विभिन्न कार्यक्रममा सहभागी हुन मंगलबार त्यसतर्फ प्रस्थान गरेकी हुन् ।



उनी बुधबार अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (आईटीयू) को क्षेत्रीय कार्यालय उद्घाटनमा सहभागी हुने कार्यक्रम रहेको छ ।



कार्यक्रममा विभिन्न देशका सञ्चारमन्त्री सहभागी हुनेछन् । त्यस्तै मन्त्री शर्मा बुधबार नै विभिन्न देशका मन्त्री सहभागी हुने मन्त्रीस्तरीय संवादमा सहभागी हुनेछिन् ।

मन्त्री शर्मा भारतस्थित नेपाली दूतावास र त्यहाँस्थित नेपाली समुदायले गर्ने कार्यक्रममा पनि सहभागी हुने कार्यक्रम छ ।

बिहीबार मन्त्री शर्माले भारतीय समकक्षी अश्विनी वैष्णवसित दुईपक्षीय भेटवार्ता गर्ने र शुक्रबार दिउँसो स्वदेश फिर्ता हुने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज