उपनिर्वाचनबारे छलफल गर्न जसपा कार्यकारिणी समिति बैठक बस्दै



काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा) को केन्द्रीय कार्यकारिणी समिति बैठक आज बस्दैछ ।

बालकुमारीस्थित पार्टी कार्यालयमा बुधबार दिउँसो १ बजे बैठक बस्न लागेको हो । वैशाख १० मा हुने उपनिर्वाचन र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्न बैठक बोलाइएको बताइएको छ ।



गत मंसिर ४ मा जसपाबाट तत्कालीन केन्द्रीय कार्यकारिणी समिति सदस्य रामसहायप्रसाद यादव बारा क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए ।



चैत ३ मा उपराष्ट्रपति बनेपछि उनले सांसद र पार्टीबाट राजीनामा दिएका छन्। यो क्षेत्रमा पनि वैशाख १० मै उपनिर्वाचन हुँदैछ।बारा २ मा कसलाई उम्मेदवार बनाउने भन्नेबारे आज छलफल हुनेछ । यो क्षेत्रमा अध्यक्ष उपेन्द्र यादव उम्मेदवार हुने चर्चा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज