आजको मौसम : हल्कादेखि मध्यम वर्षाको सम्भावना



काठमाडौं । हाल देशमा स्थानीय वायु सँगै पश्चिमी वायुको प्रभाव रहेको छ ।

जसकारण कोशी र मधेश प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ ।



मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ । बुधबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने छ ।



कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा र देशका बाँकी भू(भागका एकरदुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित क्षणिक हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

यसैगरी राति देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज