प्रधानमन्त्री कप थ्री नेसन्स कप आजदेखि, नेपाल र लाओस खेल्दै



काठमाडौं । प्रधानमन्त्री कप थ्री नेशन्स फुटबल बुधबारदेखि काठमाडौंमा सुरू हुँदैछ । चैत १८ गतेसम्म चल्ने प्रतियोगितामा नेपाल, लाओस र भुटान सहभागि छन् ।

प्रतियोगिताको उद्घाटन खेलमा बुधबार नेपाल र लाओस भिड्नेछन् । यो खेल साँझ ५ बजेबाट सुरु हुनेछ । घरेलु मैदानमा नेपाल लाओसविरुद्ध जित निकाल्ने योजनासहित मैदान उत्रनेछ ।



लाओस पनि जित निकाल्ने योजनासहित मैदान उत्रनेछ । नेपालले सन् २०१६ पछि पहिलोपटक लाओससँग खेल्न लागेको हो ।



प्रतियोगिताको विजेताले ५ हजार अमेरिकी डलर, दोस्रोले ३ हजार डलर पाउने एन्फाले जनाएको छ । प्रतियोगिताको उत्कृष्ट खेलाडीले ५ सय अमेरिकी डलर र खेलको म्यान अफ दि म्याचले २५० डलर पाउने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज