५२ संवैधानिक पदाधिकारी नियुक्तिविरुद्धको मुद्दाको सुनुवाइ स्थगित



काठमाडौं । नेकपा (एमाले) अध्यक्ष केपी ओली सरकारको पालामा नियुक्त भएका विभिन्न संवैधानिक निकायका ५२ संवैधानिक पदाधिकारी विरुद्धको मुद्दाको सुनुवाइ आज (बुधबार) पनि स्थगित भएको छ ।

दुई वर्षअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका नियुक्तीसम्बन्धी १५ वटा रिट निवेदनको सुनुवाइ स्थगित भएको सर्वोच्च अदालतले जनाएको छ ।



सर्वोच्चले आज  पेशीसूची प्रकाशित गरी संवैधानिक पदाधिकारी नियुक्तीसम्बन्धी रिट निवेदनको सुनुवाइ स्थगित भएको जानकारी दिएको हो ।



ओली सरकारको पालामा नियुक्त ५२ संवैधानिक पदाधिकारी विरुद्धको रिट निवेदन सर्वोच्च अदालतमा २७ महिनादेखि विचाराधिन छ ।

यसअघि ३ फागुनमा यी मुद्दालाई पछाडि राखिएका कारण हेर्न नभ्याइने भनी स्थगित भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज