पेट्रोल खाँदा दोलखामा २१ महिने बालकको मृत्यु



दोलखा । दोलखाको कालिञ्चोक गाउँपालिकामा एक नाबालकको पेट्रोल सेवनबाट मृत्यु भएको छ ।

सुन्द्रावती निवासी मुरारी सेढाईका २१ महिने छोरा सक्षम सेढाईको मृत्यु भएको हो।



बुधबार बिहान करिब १० बजे घरमा राखेको पेट्रोल बालकले सेवन गरेका थिए ।



बाबु मुरारीले बाइकमा पेट्रोल हालेर पाइपसहित कोठामा राखेको पेट्रोल बालकले सेवन गरेको परिवारले जनाएको छ ।

पेट्रोल सेवनबाट बेहोस भएका बालकको उपचारका क्रममा धुलिखेल अस्पताल, दोलखामा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज