थ्री नेसन्स प्रधानमन्त्री कप : लाओसमाथि नेपालको सानदार जित



काठमाडौं । थ्री नेसन्स प्रधानमन्त्री कपमा नेपालले लाओसलाई पराजित गरेको छ । आज बुधवार त्रिपुरेश्वरको दशरथ रङ्गशालामा भएको खेलमा नेपालले लाओसलाई २–० गोलले पराजित गरेको हो ।

खेलको पहिलो हाफमा १ गोल गरेको नेपालले दोस्रो हाफमा अर्को गोल थप्यो । नेपालका लागि अनन्त तामाङले खेलको ३० औँ र नवयुग श्रेष्ठले खेलको ५५ औँ मिनेटमा गोल गरे ।



आजदेखि सुरु भएको प्रतियोगितामा नेपालले अर्को खेल चैत १४ गते भुटानसँग खेल्नेछ । सिङ्गल राउन्ड रोबिनको आधारमा हुने प्रतियोगिता शीर्ष दुई टोलीले उपाधिका लागि चैत १७ गते खेल्नेछन् ।



विजेताले ५ हजार अमेरिकी डलर, दोस्रोले ३ हजार डलर पाउने एन्फाले जनाएको छ । प्रतियोगिताको उत्कृष्ट खेलाडीले ५ सय अमेरिकी डलर र खेलको म्यान अफ दि म्याचले २ सय ५० डलर पाउने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज