मिस नेवा नेपाःका लागि आवेदन खुल्यो



काठमाडौं । मिस नेवा नेपाः ११४३ प्रतियोगिताका लागि आवेदन खुला गरिएको छ ।

नेप्लिज फेसन होमका अनुसार नेवार समुदायका १६–२३ वर्षका युवतीले प्रतियोगितामा सहभागिता जनाउन सक्ने छन् ।



नेपाललाई विश्वमाझ नेवार भाषा, कला, संस्कृतिले चिनाएको जनाउँदै आयोजक संस्थाकी प्रमुख हेमा मानन्धरले आधुनिकीकरणको युगमा नेवार कला, संस्कार, संस्कृतिलाई पुस्ता हस्तान्तरण गर्नु आवश्यकता रहेको बताइन् ।



यो एक सौन्दर्य प्रतियोगिता मात्र नभएर आफ्नो कला, संस्कृति सिक्ने र देखाउने मौका भएको पनि उनको भनाई छ । मिस नेवा नेपाः विजेताले एक लाख प्राप्त गर्नुका साथै विभिन्न पुरस्कार प्राप्त गर्नेछन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज