सोनु निगमको घरबाट ७२ लाख चोरी



एजेन्सी । भारतीय गायक सोनु निगमका पिता अगमकुमार निगमको घरबाट ७२ लाख भारतीय रुपैयाँ चोरी भएको छ।

चोरीको आरोपमा अगमका पूर्व ड्राइभरलाई पक्राउ गरिएको छ । उनी मुम्बईको अँधेरी वेस्टमा बस्छन्।



चोरी १९ देखि २० मार्चभित्र भएको बताइएको छ। चोरीको आरोप लगेका रहानले ८ महिना अगमको गाडी चलाएका थिए।



उनलाई केही समयअघि हटाइएको थियो। उनको डिजिटल लकरबाट पहिले ४० लाख रुपैयाँ चोरी भएको थियो।

त्यसपछि फेरि त्यहीँ राखिएको ३२ लाख पनि चोरी भएको थियो। उनले घरको डुप्लिकेट चाबी बनाएर भित्र पसको अनुमान गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज