काठमाडौं । जिल्ला प्रहरी परिसर भक्तपुरले तास खेलिरहेको अवस्थामा १६ जनालाई पक्राउ गरेको छ ।
भक्तपुरको मध्यपुर थिमि नगरपालिक-१ मझेरी क्याफेबाट तास खेलिरहेको अवस्थामा १६ जनालाई पक्राउ गरिएको हो ।
उनीहरूको साथबाट १६ बुक तास र ३ लाख बढी नगदसमेत बरामद गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
पक्राउ परेकाहरूमध्ये १३ जना ४० वर्षभन्दा कम उमेर समूहका रहेका छन् ।
सिन्धुपाल्चोकको चौतारा सागाचोक गढीका-३९ वर्षीय दिलीप गिरीले सञ्चालन गरेको क्याफेबाट पक्राउ परेका उनीहरूमध्ये दुई जना भने भारतीय नागरिक रहेको समेत खुल्न आएको छ ।
प्रतिक्रिया!