मानहानि मुद्दामा कांग्रेस नेता गान्धीलाई दुई वर्षको जेल सजाय



एजेन्सी । भारतीय राष्ट्रिय कांग्रेसका नेता राहुल गान्धीलाई सुरतको तल्लो अदालतले दुई वर्षको जेल सजाय सुनाएको छ ।

सन् २०१९ को आपराधिक मानहानि मुद्दामा राहुल गान्धी दोषी ठहर भएका छन् ।



अदालतले फैसला सुनाएपछि गान्धीलाई जमानत दिएको छ । भारतीय दण्ड संहिताको धारा ४९९ ले आपराधिक मानहानिको मुद्दामा अधिकतम दुई वर्षको सजायको व्यवस्था गरेको छ ।



सन् २०१९ को यो मामिला उनको ‘मोदी उपनाम’ को बारेमा गरेको टिप्पणीसँग सम्बन्धित छ । मुद्दाको सुनुवाइका क्रममा राहुल गान्धी बिहीबार सुरत अदालतमा उपस्थित थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज