गोरखाको हिउँमा फसेका दुई जनालाई हेलिकप्टरबाट काठमाडौं लगियो



काठमाडौं । गोरखाको हिउँपहिरोमा बुधबारदेखि फसेका पूर्वी नवलपरासीका दुई जनालाई उद्धार गरी हेलिकप्टरमा काठमाडौं लगिएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार सेनाको हेलिकप्टरबाट उनीहरूलाई काठमाडौं लगिएको हो ।



नवलपरासी पूर्वका दलदलेका २५ वर्षीय सौरभ खनाल र अनितालाई सेनाको हेलिकप्टरबाट काठमाडौं लगिएको प्रहरीले जनाएको छ।



सौरभको शरीरमा अक्सिजनको लेभल कम रहेकाले कम्तीमा २४ घण्टा चिकित्सकको निगरानीमा राखिने भएको छ ।

हिउँमा फसेका उनीहरुलाई बुधबार बिहान प्रहरी र स्थानीयबासीको सहयोगमा उद्धार गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज