रिटर्नी फेडेरेसन नेपालको प्रथम महाधिवेशन चैत ११ देखि, एमाले अध्यक्ष ओलीले उद्घाटन गर्ने



काठमाडौं । रिटर्नी फेडेरेसन नेपालले आफ्नो प्रथम राष्ट्रिय महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

फेडेरेशनले चैत्र ११ र १२ गते काठमाडौंस्थित धुम्बाराहीमा पहिलो राष्ट्रिय महाधिवेशन गरेर नयाँ नेतृत्व चयन गर्ने भएको हो।



बुधबार पत्रकार सम्मेलन गर्दै फेडेरेशनले नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले चैत्र ११ गते महाधिवेशनको उद्घाटन गर्ने जानाएको छ।



वैदेशिक रोजगारी, अध्ययन तथा व्यवसाय गरेर स्वदेश फर्किएपछि संगठित भएर बनेको एमालेको भ्रातृ संगठन रिटर्नी फेडेरेसनको महाधिवेशनमा करिब दश हजारजना प्रतिनिधि सहभागी हुँदै छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज