हनि ट्रयापिङमा पारेर भारतीय नागरिकलाई लुटपाट, ६ जना प्रहरी फन्दामा



काठमाडौं । महानगरीय प्रहरी वृत्त महाराजगञ्जले भारतीय नागरिकलाई बन्धक बनाएर  लुटपाट गर्ने ६ जनालाई पक्राउ गरेको छ ।

प्रहरीले भारतीय नागरिकलाई ‘हनी ट्रयाप’ शैलीमा बन्धक बनाएर लुटपाट गरेको आरोपमा जनालाई पक्राउ गरेको हो।



पक्राउ पर्नेमा रामेछापको मन्थली नगरपालिका–९ घर भइ काठमाडौं कलंकी बस्दै आएका २२ वर्षीय राजेश पुरी, मन्थली नगरपालिका–९ घर भइ कलंकी नै बस्दै आएका २२ वर्षीय सुजन गिरी,रसुवाको नौकुण्ड गाउँपालिका–५ घर भइ काठमाडौं स्वयम्भू बस्दै आएका २९ वर्षीय च्याङबा दार्जे थिङ, मुगुको सोरु गाउँपालिका–८ घर भइ काठमाडौं चन्द्रागिरि नगरपालिका–६ बस्ने ३२ वर्षीय धीरबहादुर शाही, काभ्रेपलान्चोकको रोशी गाउँपालिका–१ घर भइ स्वयम्भू बस्दै आएका २५ वर्षीय कृष्ण सुनार र बाजुराको बूढीनन्दा नगरपालिका–५ घर भइ काठमाडौं कीर्तिपुर बस्ने २९ वर्षीय पवनबहादुर मल्ल रहेका छन्।



युवती मिलाइदिने भन्दै प्रलोभन देखाएर ‘हनी ट्रयाप’मा पार्दै उनीहरूले भारतीय नागरिकलाई बन्धक बनाएर लुटपाट गरेको प्रहरी वृत्त महाराजगञ्जले जनाएको छ।

उनीहरूले ठमेलबाट भारतीय नागरिक प्रशान्त कुमार, हरिश पाल बाब्बरसहित ५ जनालाई हनी ट्रयापमा पारी ट्याक्सीमा राखेर मीत्रनगरस्थित रातो पच्छ्यौरी दोहोरीमा पुर्‍याई कोठामा बन्धक बनाएर लुटपाट गरेका थिए।

भारतीय नागरिकको साथमा भएको ५८ हजार भारु र ५ लाख ५४ हजार नेपाली रुपैयाँ उनीहरूले लुटेको पाइएको प्रहरी वृत्त महाराजगञ्जले जनाएको छ। उनीहरूबाट प्रहरीले १४ हजार ५ सय रुपैयाँ, मोबाइल ५ थान बरामद गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज