सम्मानजनक शक्ति बाँडफाँट भए सरकारमा सहभागी हुने जसपाको निर्णय



काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) ले सम्मानजनक शक्ति बाँडफाँट भए सरकारमा सहभागी हुने निर्णय गरेको छ ।

बिहीवार पार्टी केन्द्रिय कार्यालयमा बसेको लोसपाको केन्द्रिय कार्यकारिणी समितिको बैठकले सम्मानजनक प्रतिनिधित्व भए सरकारमा सहभागी हुने निर्णय गरेको हो ।



लोसपा वरिष्ठ नेता शरदसिंह भण्डारीका अनुसार सरकारमा सहभागिताका विषयमा आवश्यक छलफल गर्ने अधिकार पार्टी अध्यक्ष महन्थ ठाकुरलाई दिइएको छ ।



बैठकले वैशाख १० हुने उपनिर्वाचनमा भाग लिनका लागि आवश्यक तयारी गर्ने निर्णय पनि गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज