सेनाको आकार स्वघोषित विज्ञले तोक्ने होइन : प्रधानसेनापति शर्मा



पोखरा । नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्माले नेपाली सेनाको काम, जिम्मेवारी र संख्यालाई लिएर दुष्प्रचार भइरहेको भन्दै असन्तुष्टि जनाएका छन् ।

बिहीबार पोखराको फूलबारीमा पश्चिम पृतना हेडक्वार्टरको प्रदेशस्तरीय भूतपूर्व सैनिक सम्मेलनलाई सम्बोधन गर्दै शर्माले सो असन्तुष्टि जनाएका हुन् ।



उनले दूराशाय समाचारप्रति सचेत रहन भूतपूर्व सैनिकहरूलाई निर्देशन समेत दिएका छन् ।



प्रधानसेनापति शर्माले नेपाली सेनाका बारेमा केही जान्न इच्छा भएका आधिकारिक वेबसाइट र सम्बन्धित विभागमा गरेको परिपत्रबाट बुझ्न पनि आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज