लगानीकर्ता गुरु न्यौपानेविरुद्ध जिल्ला अदालतमा मुद्दा, तीन करोड २३ लाख बिगो दाबी



काठमाडौं । शेयर बजारमा भित्री कारोबार (इन्साइडर ट्रेडिङ) गरेको आरोपमा रिडी पावर कम्पनीका तत्कालीन अध्यक्ष गुरुप्रसाद न्यौपानेविरुद्ध अदालतमा मुद्दा दायर भएको छ ।

भित्री कारोबार गरेको आरोपमा नेपाल धितोपत्र बोर्डले न्यौपानेविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।



न्यौपानेले पदमा बहाल रहेको अवस्थामा शेयर खरिदरबिक्री गरेको विषयमा अनुसन्धान गर्दा भित्री कारोबार भएको पुष्टि भएको नेपाल धितोपत्र बोर्डले जनाएको छ । धितोपत्र बोर्डले भित्री कारोबार गरेको आरोपमा मुद्दा दर्ता गरेको यो पहिलोपटक हो ।



धितोपत्र बोर्डले यसअघि न्यौपानेलाई १० वर्षसम्म सूचीकृत कम्पनीको सञ्चालक बन्न रोक लगाउने तथा ७५ हजार जरिबाना तिराउने निर्णय गरेको थियो ।

बोर्डले न्यौपानेविरुद्ध तीन करोड २३ लाख रुपैयाँ बिगो र एक वर्षसम्म कैद सजायको माग दाबी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज