अमेरिकालाई चीनको चेतावनी – दक्षिण चीन सागरबाट युद्धपोत हटाउनू



एजेन्सी । चीनले अमेरिकालाई दक्षिण चीन सागरबाट सेना फर्काउन आग्रह गरेको छ ।

चिनियाँ जनमुक्ति सेनाले अमेरिकी युद्धपोतलाई दक्षिण चीन सागर छाड्न चेतावनी दिएको हो ।



जनमुक्ति सेनाले आफ्नो जलक्षेत्रमा अमेरिकी युद्धपोतलाई फेला पारेको जनाउँदै तत्काल फर्कन चेतावनी दिएको बेइजिङले जनाएको छ ।



चीनले दक्षिण चीन सागरमा आफ्नो अधिकार दाबी गर्दै आएको छ । यद्यपि चीनको उक्त दाबीमा कुनै कानुनी आधार नभएको निर्णय अन्तर्राष्ट्रिय अदालतले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज