सार्वजनिक ठाउँमा फोहोर फाल्ने दुई जनालाई १२ हजार जरिवाना



काठमाडौं । काठमाडौं महानगरपालिकाले सार्वजनिक स्थानमा फोहोर फालेको भन्दै दुई जनालाई कारबाहीस्वरुप १२ हजार जरिवाना असुल गरेको छ ।

काठमाडौं महानगरले आज कालिमाटी क्षेत्रमा सीपचन्द्र मण्डल र कामपाको ९ नं वडाका सानोकान्छा भारतीलाई सार्वजनिकस्थलमा फोहोर फालेको भन्दै जरिवाना तिराएको हो ।



काठमाडौं महानगरका वातावरण विभागका प्रमुख रवीनमान श्रेष्ठका अनुसार जरिवानास्वरुप कामपाले मण्डललाई रु दुई हजार र भारतीलाई रु १० हजार जरिवाना तिराएको हो।



कामपाले भारतीलाई घर निर्माण गर्दा उत्पादित फोहरमैला सडकमा फालेको भन्दै जरिवाना गरेको हो। त्यस्तै मण्डलले सार्वजनिक स्थानमा फोहर फालेका कारण उनलाई जरिवाना गराइएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज