उच्च अदालत जनकपुरको आदेश – डा. चौधरीलाई तीन लाख धरौटीमा छाड्नू



जनकपुरधाम । दाइजोसम्बन्धी कसूरमा कारागारमा रहेका डा. पंकज चौधरीलाई तीनलाख रुपैयाँ धरौटीमा थुनामुक्त गर्न उच्च अदालत जनकपुरले आदेश दिएको छ ।

इजलास नम्बर ३ का न्यायाधीशद्वय विष्णु कोइराला र रामेश्वर रेग्मीको संयुक्त इजलासले बिहीबार धरौटी लिएर थुनामुक्त गर्न आदेश दिएको हो ।



दाइजोसम्बन्धी कसूरमा महोत्तरीको रामगोपालपुर नगरपालिका ५ का पंकज २२ पुसमा जिल्ला अदालत महोत्तरीको आदेशमा पुर्पक्षका लागि जेल चलान भएका थिए ।



दाइजोका कारण घरेलु हिंसामा परेको भन्दै पंकजकी पत्नी महोत्तरीकी औरही नगरपालिका –१ माइत भएकी २१ वर्षीया नेहा चौधरीले दाइजोसम्बन्धी कसूर मुद्दा दायर गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज