रोनाल्डोको कीर्तिमानमा पोर्चुगलको सानदार जित



एजेन्सी । युरोकप २०२४ को छनोटमा पोर्चुगलले सानदार जित हासिल गरेको छ ।

कप्तान क्रिस्टियानो रोनाल्डोको कीर्तिमानसँगै पोर्चुगलले घरेलु मैदानमा बिहीबार राति भएको खेलमा लिचेस्टाइनमाथि ४–० को सानदार जित निकालेको हो ।



पोर्चुगलको जितमा कप्तान रोनाल्डोले २ तथा जोओ क्यान्सेलो र बर्नाडो सिल्भाले समान १–१ गोल गरे । यस जितसँगै समूह ‘जे’ मा पोर्चुगलले ३ अंक जोडेको छ।



बिहीबार रातिको खेलसँगै रोनाल्डो देशका लागि सर्वाधिक धेरै अन्तराष्ट्रिय खेल खेल्ने फुटबल खेलाडी बनेका छन् । रोनाल्डोको यो १९७ औं अन्तराष्ट्रिय खेल हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज