उपनिर्वाचनका लागि दल दर्ता गराउने लोसपाको निर्णय



काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगमा आफ्नो दल दर्ता गराउने निर्णय गरेको छ ।

पार्टीको कार्यकारिणी समितिको बैठकले उपनिर्वाचनका लागि निर्वाचन आयोगमा दल दर्ता गराउने निर्णय गरेको हो ।



पार्टीका कार्यकारिणी समिति सदस्य केशव झालका अनुसार उपनिर्वाचनका लागि निर्वाचन आयोगमा दल दर्ता गराउने, बारा क्षेत्र नम्बर २ मा उम्मेदवारी दिने तथा २ मन्त्रालयसहित सम्मानजनक रूपमा सरकारमा सहभागी हुने निर्णय समेत गरिएको छ ।



उपनिर्वाचनका लागि निर्वाचन आयोगले दल दर्ताका लागि आह्वान गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज