रंगशालाको विषयमा गालीको वर्षाले विक्षिप्त कुञ्जनाको गुहार – कि मलाई सफाई देउ कि सजाय



काठमाडौं । कलाकार सीताराम कट्टेल ‘धुर्मुस’की पत्नी एवं कलाकार कुञ्जना घिमिरे ‘सुन्तली’ले चितवनमा निर्माणाधीन अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका विषयमा अब सुन्ने र सहने शक्ति आफूमा नभएको बताएकी छिन् ।

बिहीबार राति सामाजिक सञ्जालमा लेख्दै उनले आफूलाई गालीको वर्षा भइरहेको र त्यसले विक्षिप्त बनाएको दुखेसो पोखेकी हुन् । आफ्नो इनबक्समा नग्न तस्बिरहरूसहित विभिन्न तुच्छ गाली पठाइरहेको उनको भनाई छ ।



अबका हरेक वार्ता बन्दकोठामा होइन, खुलेआम रंगशालाको मैदानमा गरियोस् भन्ने आग्रह पनि उनले गरेकी छन् ।



उनले फेसबुकमा लेखेकी छिन् ‘अबको हरेक वार्ता खुलेआम रङ्गशालाको मैदानमा गरियोस् नाकि बन्द कोठामा । मलाई मेरो ईन्बक्समा नग्न तस्विरहरु पठाउन सुरुवात भएको छ । बिभिन्न तुझ्छ गालीको बर्सात भइरहेको छ । म पनि मान्छे हु, धेरै मन दुखेको छ राज्य र राष्ट्र संग । धुर्मुस जि ले केहि समय धैर्य गर भन्दै गर्दा यतिका समय सुन्नै नसकिने शब्दहरुका गाली गलौज सहदै आए र आज म मानसिक यातनाले बिछिप्त भएको छु । अब सुन्ने र सहने शक्ति छैन म मा, कि मलाई सफाई देउ कि सजाय ! तर जे गर्छौ छिटो गर ।’

केही दिनअघि उनका पति धुर्मुसले राज्यको असहयोगका कारण रंगशाला निर्माण अलपत्र परेको भन्दै भिडिओ सन्देश जारी गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज