ताम्राकारको निधनप्रति अध्यक्ष ओलीद्वारा दुःख व्यक्त



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ रेडियोकर्मी कृष्णा ताम्राकारको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

उनले आज ट्वीट गर्दै ताम्राकारको निधनप्रति दुःख व्यक्त गरेका हुन् ।



अध्यक्ष ओलीले लेखेका छन्– ‘नेपाली रेडियोको इतिहासमा बिर्सिन नसकिने आवाजको नाम, कृष्णा ताम्राकार ! उहाँलाई केही दिनअघि सम्मान गर्ने अवसर जुरेको थियो । उहाँको निधनको खबरले अत्यन्त दुःखी छु ।’



निमोनियाबाट पीडित ताम्राकारको गएराति ८६ वर्षको उमेरमा निधन भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज