हेटौँडा सिमेन्टको उत्पादन शुक्रबारदेखि पुन: बन्द



हेटौंडा । सरकारी स्वामित्वको हेटौँडा सिमेन्ट उद्योगबाट सिमेन्ट उत्पादन बन्द भएको छ ।

सिमेन्ट उत्पादनका लागि आगो बाल्ने मेसिन (भट्टी) मा प्राविधिक समस्या आएपछि शुक्रबारदेखि उद्योगको उत्पादन बन्द भएको उद्योग व्यवस्थापनले जनाएको छ ।



सो मेसिनको मर्मत भईरहेकाले आगामी एक हप्तापछि पुनःसञ्चालनमा आउने उद्योग स्रोतले बतायो ।



अहिले उद्योगबाट दैनिक करिब १४ हजार बोरा सिमेन्ट उत्पादन भइरहेको छ । उद्योगका लागि पर्याप्त मात्रामा चुनढुङ्गाको मौज्दात रहेको बताइएको छ ।

नेपाल सरकारद्वारा २०३२ सालमा स्थापना भएको सो उद्योगले २०४३ सालदेखि व्यावसायिकरुपमा सिमेन्टको उत्पादन सुरु गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज