कोशी प्रदेश सरकारबाट माओवादी केन्द्र तत्काल नबाहिरिने



विराटनगर । नेकपा माओवादी केन्द्र कोशी प्रदेशमा एमाले नेतृत्वको सरकारबाट तत्काल नबाहिरिने भएको छ ।

माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले सरकारबाट आफ्ना मन्त्रीहरू तत्काल फिर्ता नहुने बताएका हुन् ।



माओवादी केन्द्र शुक्रवार एमालेले नेतृत्व गरेको गण्डकी प्रदेश सरकारबाट भने बाहिरिएको छ । उनले कोशी प्रदेशमा मध्यावधि चुनाव हुने हल्ला मात्रै भएको बताए ।



उनले भने, ‘जहाँसम्म अहिलेको सरकारमा माओवादी पार्टी सहभागी छ । अहिले तत्काल हामीले सरकारबाट हाम्रो मन्त्रीहरू फर्किने या सरकारलाई दिएको विश्वासको मत अहिले नै हामीले फिर्ता लिने पक्षमा हामी छैनौँ ।’

केन्द्रको गठबन्धनले कोशी प्रदेशको समीकरणको बारेमा सामान्य चासो र जानकारी लिए पनि ठोस रूपमा कसरी अगाडि जाने भन्ने बारेमा कुनै निर्देशन नभएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज