तिलोत्तमा गोल्डकप : उपाधिका लागि मनाङ र सुदूरपश्चिम भिड्दै



बुटवल । तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा आज सुदूरपश्चिम ११ र मनाङ मर्स्याङ्दी क्लबले उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन् ।

दुई विभागीय सहित ८ टिमले भाग लिएको प्रतियोगिताको उपाधिका लागि प्रतिस्पर्धा गर्ने यी दुवै टिमले हालसम्म तिलोत्तमा गोल्डकपको उपाधि जित्न सकेका छैनन् ।



चैत ४ गतेदेखि सुरु भएको प्रतियोगिताको फाइनल बुटवल देवीनगरस्थित एन्फा टेक्निल सेन्टर देविनगरमा आज दिउँसो तीन बजेदेखि सुरु हुने छ ।



सुदूरपश्चिम थ्री स्टारलाई पराजित गर्दै पहिलोपटक तिलोत्तमा गोल्डकपको फाइनलमा पुगेको हो । सुदूरपश्चिमले २ जना भारतीय खेलाडीसहितको टिम उतारेर मनाङको चुनौती सामना गर्दैछ ।

मनाङ भने फ्रेन्ड्स क्लबलाई ट्राइब्रेकरमा पाखा लगाउँदै उपाधि नजिक पुगेको हो । मनाङले तीनजना विदेशी खेलाडीसहितको टिम उतार्ने छ ।फाइनलअघि भएको प्रिम्याच कन्फेरेन्समा दुवै टिमले उपाधी जित्ने दाबी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज