अपडेट 
इलाम-२ मा एमालेका सुहाङ नेम्वाङ विजयी | प्रचलित कानूनबाहेकका सुरक्षाकर्मी तत्काल फिर्ता बोलाउनु : गृह मन्त्रालय | सशस्त्र र प्रहरीको सेटिङमा धनुषामा तस्करी | नेरुडे लघुवित्त सँस्था लिमिटेड : सम्झौता कार्यान्वयन नगरि उल्टै कर्मचारीमाथि दमन गर्दा ६ सय कर्मचारीहरु विचल्लीमा | भारतको बसन्तपुरमा आगो सल्काउँदा पर्साको भलुवहीयाँमा २ घरसहित कुखुरा फर्म र १० बिघा गँहु बाली जलेर सखाप | छिपहरमाईमा लक्ष्मी नारायण महायज्ञको जलयात्रा | उल्टो झण्डा झुन्डाउने यीनै हुन् मुख्यमन्त्री | ट्यांकरको ठक्करबाट प्रहरी जवान परियारको मृत्यु | छिपहरमाईमा रास्वपाको होली मिलन कार्यक्रम | अश्लिल भिडियो बनाएको आरोपमा छिपहरमाईबाट अहमद पक्राउ |
२०७९ चैत्र ११, शनिबार १२:४९ बजे

काठमाडौं । सुदूरपश्चिम प्रदेशले ललितपुर मेयर कपमा शनिबार मधेश प्रदेशलाई सात विकेटले पराजित गरेको छ।

त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको मधेशले १९ ओभरमा सबै विकेट गुमाएर ६५ रनको योगफल तयार गरेको थियो ।



जवाफी ब्याटिङमा उत्रिएको सुदूरपश्चिमले १०.३ ओभरमा तीन विकेट मात्रै गुमाएर लक्ष्य पूरा गर्यो। सुदूरपश्चिमका लागि रितु कनोजियाले अविजित २१ तथा रुबी पोदारले पनि अविजित १४ रन जोडे। त्यसअघि कप्तान विन्दु रावल १० रन बनाएर आउट भएकी थिइन्।



मधेशका लागि सरस्वती कुमारी, सन्तोषी चौधरी र अनुराधा चौधरीले एक-एक विकेट लिए। पहिलो इनिङमा मधेशका लागि अलिशा यादव र सरस्वती कुमारीले १५-१५ रनबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेका थिएनन्।

सुदूरपश्चिमका लागि लक्ष्मी साउदले सर्वाधिक तीन विकेट लिइन्। यस्तै, रितु सम्झना खड्काले दुई–दुई विकेट लिएका थिए। जितसँगै सुदूरपश्चिमले तीन खेलबाट चार अंक जोडेको छ। दुई खेलमा पराजित मधेश अंकविहीन छ।

आजै हुने अर्को खेलमा सशस्त्र प्रहरी बलको एपीएफ र कोशी प्रदेश प्रतिस्पर्धा गर्दैछन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय